सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्याचौरासी पुजा’ बिमा योजना «

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्याचौरासी पुजा’ बिमा योजना

सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्याचौरासी पुजा’ नामको नयाँ बिमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ नयाँ योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।
यस योजनामा बिमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्याचौरासी पुजा’ बिमा योजनाले बिमांककोे २५० प्रतिशतसम्म बिमा कभर प्रदान गर्ने बताइएको छ ।
बिमितले बिमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सोपश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बिमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत प्राप्त हुने व्यवस्था गरेको छ ।
बिमितको उमेर ८३ पूरा भइ ८४ मा प्रवेश गर्दा बिमितलाई बिमांकको १५० प्रतिशत रकम बिमावापतको अन्तिम भुक्तानीमा प्राप्त हुनेछ । ‘सूर्याचौरासी पुजा’ बिमायोजना १६ वर्षदेखि ६० वर्षका व्यक्तिले १० देखि ५० वर्षसम्म बिमाशुल्क भुक्तानी अवधीका लागि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । न्युनतम १ लाख रुपैयाँ बिमांक तोकिएको सो बिमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्