साझा यातायात सहकारीको नयाँ कार्यसमिति चयन «

साझा यातायात सहकारीको नयाँ कार्यसमिति चयन

साझा यातायात सहकारी संस्थाको १३औं वार्षिक साधरण सम्पन्न भएको छ । साधारणसभाबाट संस्थाको आर्थिक् वर्ष २०७५-०७६ र आर्थिक् वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पारित गर्दै वित्तीय विवरण स्वीकृत गरेको छ ।
यसैगरी सो सभाले आगमी चार वर्षका लागि नयाँ सञ्चालक समितिका पदाधिकारीहरू निर्वाचित गरेको छ । कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सदस्यहरुमा वन्दना थापा, शुसील प्याकुरेल र भुषण तुलाधर निर्वाचित भएका छन् । यस्तै प्रदिपराज उपध्याय संयोजक रहेको लेखा सुपरीवेक्षण समितिमा सृजना देवकोटा र कुललाल डंगोल सदस्य निर्वाचित भएका छन् ।
सञ्चालक समितिका अन्य पाँच सदस्य सहकारी नियवाली ऐन अनुसार नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्