ट्राफिक जरिबाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने «

ट्राफिक जरिबाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरे । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्