हवाई भाडा बढ्यो «

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा बढाएको हो । निगमले एक सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो । सोहीअनुसार फ्यूल सरचार्ज वृद्धि गरिएको जनाइएको छ ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बिहीबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजनको निर्णय गरेकाले भाडा बढाउनुपरेको जनाएको छ । स्वचालित प्रणालीअनुसार वृद्धि गरिएको (फ्यूल चार्ज) र हवाई भाडा वृद्धिको लागि हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिसमेत प्राप्त भएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संघले सबैभन्दा बढी काठमाडौं–धनगढीमा ९० रुपैयाँ र न्यूनतम सिमरामा १० रुपैयाँले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्