चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिका विजयी «

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिका विजयी

महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे ।
१७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो । ४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउँदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन् । त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पु¥याएकी थिइन् ।
जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्