गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’सार्वजनिक «

गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’सार्वजनिक

गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।
यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १ सय ६ शाखा कार्यालयहरू र ५१ एटीएमबाट आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवंं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आएको छ ।


गरिमा विकास बैंकद्वारा ‘मेरो सेयर बचत खाता’ सार्वजनिक
गरिमा विकास बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु-याउन ‘मेरो सेयर बचत खाता’ सार्वजनिक गरेको छ ।
यो खाताअन्तर्गत बैंकका ग्राहकहरूले न्यूनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरूले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नेछन् ।

वर्तमान अवस्थामा कोभिड–१९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदासमेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरी नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केही हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १ सय ६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्