महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग «

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न वर्गका बालबालिकालाई शिक्षा दिइरहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्