कतार एयरवेजको टिकट खरिदमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट «

कतार एयरवेजको टिकट खरिदमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका कर्मचारी एवम् डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्