डाबरले ल्यायो प्रोस्टाइल सफ्ट एन्ड साइनी हेयर आयल «

डाबरले ल्यायो प्रोस्टाइल सफ्ट एन्ड साइनी हेयर आयल

 डाबर नेपाल प्रालिले युवा पुस्ताहरूबीच अति लोकप्रिय प्रोस्टाइल ब्रान्डको नयाँ रेन्ज प्रोस्टाइल सफ्ट एन्ड साइनी हेयर आयल बजारमा सार्वजनिक गरेको छ । प्रोस्टाइल सफ्ट एन्ड साइनी हेयर आयलमा बदाम र एलोभेराको प्राकृतिक गुणले भरिपूर्ण छ । अति सूक्ष्म वर्षाैं वर्षको अनुसन्धान तथा परीक्षणबाट यसको उत्पादन गरिएको हो । प्रोस्टाइल, जसले तपाईंको कपाललाई बनाउँछ सफ्ट एन्ड साइनी र पूरै दिन मुलायमको अनुभव दिन्छ । यसले कपाल झर्नबाट पनि जोगाउन मद्दत गर्छ । यो तेल ७५ एमएल र १५० एमएलको बोतलमा उपलब्ध छ । जसको बजार मूल्य क्रमशः ५५ र ९५ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपाली चलचित्र उद्योग तथा युवापुस्ता माझ अति लोकप्रिय युवा अभिनेता अनमोल केसीद्वारा यस प्रोस्टाइल ब्रान्डलाई समर्थन तथा प्रवद्र्धन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्