Logo

आइसीएफसी फाइनान्सका ग्राहकलाई मोबाइल बैकिङमा छुट

आइसीएफसी फाइनान्सका ग्राहकले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा छुट पाउने भएका छन् ।
ग्राहकले आइसीएफसी फाइनान्सको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा लाग्ने शुल्क भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्सका कार्ड प्रयोगकर्ताले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका होटल तथा रेष्टुराँका सेवाहरु उपयोग गर्दा सो छुट पाउने सम्झौता भएको हो ।
उक्त सम्झौतामा आइसीएफसी. फाइनान्सको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रमुख मेनुका सुवेदी र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्