नयाँ शैक्षिक सत्र असारदेखि सुरु «

नयाँ शैक्षिक सत्र असारदेखि सुरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताए ।
मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नयाँ शैक्षिकसत्र असार महिनादेखि सुुरु हुने बताए । यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाइ छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।
आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरूले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरूमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले सफलता एचआईभी सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका थिए । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरूले सफलता एचआईभी शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्