२५ मेगावाटको सेतीखोलाको पीपीए «

२५ मेगावाटको सेतीखोलाको पीपीए

काठमाडौं-सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानी रहेको आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी र नेपाल विद्युत् प्राधिकरणमबीच पीपीए भएको हो ।
करिब पाँच अर्ब रुपैयाँको लागतको निर्माण हुन लागेको आयोजनाको नेपाल विद्युत प्राधिकरणमा बिहीबार भएको कार्यक्रममा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । सामूहिक रूपमा लगानी जुटाएर आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जानकारी दिए । कास्कीको माछापुच्छ«े गाउँपालिकाको भराभुरीमा निर्माण हुन लागेको आयोजनामा ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् कुल ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्