Logo

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउन सहकार्य भएको छ । उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई कर्जा सुविधा प्रदान गरिने छ ।
यसरी प्रदान गरिने चालु पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने सम्झौतामा उल्लेख छ । उक्त कर्जाहरु व्यवसाय सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।
आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटीएम, २३ शाखा रहित बैंकिंग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट कुमारी बैंकले सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्