Logo

भूमिहिनलाई निःशुल्क जग्गा

जुम्ला-भूमिहिन विपन्न नागरिकले अब ३ हजार वर्ग मिटरसम्म निःशुल्क जग्गा पाउने भएका छन् । हालै गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन नागरिकलाई निःशुल्क रुपमा ३ हजार वर्गमिटरसम्म जग्गा निःशुल्क उपलब्ध गराउने बताएको छ । जुम्लामा मंगलबार आयोगको कार्यालय स्थापना भएको छ ।
कार्यालय स्थापना कार्यक्रममा भूमि सम्बन्धी समस्या समधान आयोग जिल्ला समिति जुम्लाका अध्यक्ष धिरेन्द्रराज गिरीले जुम्लामा भूमि सम्बन्धी समस्या समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताए । उनले विपन्न, दलित, भूमिहिन नागरिकलाई विशेष प्रथामिकता दिएर ३ हजार वर्गमिटर जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने जनाए ।
“हाल आठ वटै स्थानीय तहमा कति भूमिहिन नागरिक छन्, जग्गा सम्बन्धी कहाँ कस्ता समस्या छन् भन्नेबारे तथ्यांक संकलन भइरहेको छ” उनले भने, “तथ्यांक आएपछि जिल्लाका भूमिहिनलाई निःशुल्क जग्गा दिइने र अन्य समस्या समधानका काम द्रूर्त गतिमा अघि बढाउने छौं ।”
जग्गा नै नभएका नागरिकलाई सम्बन्धीत स्थानीय तहकै नजिकको सार्वजानिक जग्गा उपलब्ध गराउने उनको भनाइ छ । उक्त जग्गा १० वर्षसम्म बेच्न पाइने छैन भने, कृषि गरेर आयआर्जन बढाउन समेत नागरिकलाई प्रेरित गरिने अध्यक्ष गिरीले उल्लेख गरे ।
नागरिकको लागि आवास पहिलो प्रथामिकता भएकाले जग्गाा अभावले भौंतारिएका नागरिकको राहत र उद्दारमा भूमि आयोगले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने अध्यक्ष गिरीले बताए ।

आयोगले गर्ने कामहरु
भूमि सम्बन्धी समस्या समधान आयोगले विशेषगरी पाँच क्षेत्रलाई केन्द्र विन्दु बनाएर काम गर्ने आयोगका विज्ञ सदस्य सुमन आर्चायले बताए । उनका अनुसार सार्वजानिक सम्पत्ति अधिकरण गर्ने, भोक चलन भइराखेको तर वनले रोक्का राखेर लालपुर्जा नपाएको, भूमिहिनलाई लालपुर्जा र जग्गाा उपलब्ध गराउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नेलगायतका कामहरु आयोगले गर्ने छ ।
विज्ञ सदस्य आर्चायले भने, “स्थानीयतहबाट माथि उल्लेखित विभिन्न समस्या समधानका बारेमा तथ्यांक मागेका छौं, केही दिनमा प्राप्त हुन्छ, तथ्यांकका आधारमा गतिविधिलाई अघि बढाइने छ ।”
मालपोत, नापी र वन कार्यालयसँग विशेष समन्वय गरेर भूमि सम्बन्धी समस्याहरुको समधान गरिने छ । जसको सदस्य सचिवमा जिल्ला समन्वय समिति समेत रहने व्यवस्था छ । भूमि सम्बन्धी समस्या समधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एकजना विज्ञ सदस्य र एकजना सदस्य गरी तीन जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्