नेपाल बैंकको एक्स्टेन्सन काउन्टर बिमा संस्थानमा «

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर बिमा संस्थानमा

नेपाल बैंकले राष्ट्रिय बिमा संस्थान परिसरमा आफ्नो एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने भएको छ । बिमा संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले एक्सटेन्स काउण्टर राख्न बैंक र बिमा संस्थानबीच सहमति भएको हो । उक्त सहमतिमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानका प्रमुख प्रशासकीय अधिकृत कविराज थापाले हस्ताक्षर गरे ।
नेपाल बैंकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय माध्ययमबाट समेत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्