महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने «

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार काठमाडौंमा भएको तेस्रो वार्षिक साधारण सभाले कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आर्थिक् वर्षको दोस्रो त्रैमासमा ५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा कम्पनीले ४८ करोड ३ लाख बिमाशुल्क आर्जन गरेको जनाएको छ । कम्पनीको कुल कायम रहेको बिमालेखको संख्या १९ हजार ३६८ पुगेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पनि पास गरेको छ ।
सभाबाट संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्