Logo

अल्का अस्पताल १५औं वर्षमा

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १५औं वर्षमा प्रवेश गरेको छ । २०६२ फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो ।
‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् । स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनकालागि अनुमति दिएको थियो । अल्का अस्पतालमा सय शैया छ ।
“मलाई हिजो जस्तो लाग्छ अस्पताल सञ्चालनमा ल्याएको १४ वर्ष बितिसकेछ, अस्पतालका सञ्चालक तथा अध्यक्ष थापाले भने, “यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ ।”
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन् । कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको थियो ।
अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीलाई सेवा दिँदै आएको छ । अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ । यसका साथै टेष्ट ट्युव बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोगको परीक्षण पनि अस्पतालमा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्