टाटाका विभिन्न मोडलका गाडीको प्रि–बुकिङ खुला «

टाटाका विभिन्न मोडलका गाडीको प्रि–बुकिङ खुला

नेपालको लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विभिन्न गाडीहरुको प्रि–बुकिङ खुला गरेको छ । भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीहरुको प्रि–बुकिङ खुला गरेको हो । न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनका साथ ग्लोबल एन क्यापबाट सेफ्टीमा फाइभ स्टार र फोर स्टार रेटिङ पाएका टाटाका गाडीहरुको प्रि–बुकिङ थालेको कम्पनीले जनाएको छ ।
प्रि–बुकिङ गर्ने पहिलो एक सय ग्राहकहरुलाई विभिन्न उपहारहरु पनि राखिएको कम्पनीले जनाएको छ । उपहार अन्तर्गत ग्राहकहरुले आइफोन १२, नगद छुट, एक्सचेञ्ज बोनस, १ वर्षको निःशुल्क सर्भिसिङका साथै निःशुल्क जेन्युइन एसेसोरिजहरु पाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीले अपेक्षा गरेको छ । ग्लोबल एनक्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन् । यी गाडीहरु अझै शक्तिशाली इन्जिन तथा उच्च भारवहन क्षमतासहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीले देशका सबै टाटाको शोरुमहरुबाट प्रि–बुकिङको व्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्