Logo

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध जिल्लास्तरमा विरोध प्रदर्शन गरिसकेपछि आववश्यक रणनीति बनाउन बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यही फागुन १९ गतेदेखि कांग्रेसका सबै समितिको विधानअनुसार थप गरिएको म्याद सकिँदैछ । बैठकले कार्यसमितिको म्याद थप गर्नेबारेमा निर्णय लिनेछ । यस्तै फागुन ७ देखि १० गतेका लागि तोकिएको महाधिवेशनको मितिसमेत सार्ने निर्णय बैठकले गर्नेछ । कांग्रेस महाधिवेशन विधानअनुसार एक वर्षअघि नै हुनुपर्ने हो। तर, विधानअनुसार एक वर्ष कार्यकाल थप गरिएको थियो । अब संविधानअनुसार भदौसम्म महाधिवेशन गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्