अजोड इन्स्योरेन्स र एनआईसी एसियाबीच सम्झौता «

अजोड इन्स्योरेन्स र एनआईसी एसियाबीच सम्झौता

 अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्री र बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकहरूले अजोड इन्स्योारेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्