पद बाँडफाँड का लागि कार्यदल बनाउने एमालेको निर्णय «

पद बाँडफाँड का लागि कार्यदल बनाउने एमालेको निर्णय

नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाँडफाँड र वैचारिक मतभेद टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि आइतबार बेलुका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सोमबार आन्तरिक तयारी गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।
बैठकले सरकार निर्माणमा देखिएको विलम्वप्रति दुःख व्यक्त गर्दै प्रक्रिया छिटो अघि बढाउन सरकारसँग माग गरेको सहभागी एक नेताले बताए ।
एमाले बैठकले तराईमा शितलहरले जनजीवन प्रभावित भए पनि सरकारले कार्यकर्तालाई मात्रै रकम वितरण गरेको भन्दै प्रभावितलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्