Logo

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटीएम’ एक रुपैयाँमै पानी पिउन पाइने

काठमाडौंमा सबैभन्दा ठूलो समस्यामध्ये एक हो खानेपानी । बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ ।
अब भने त्यो समस्या समाधान हुने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच महानगरको रत्नपार्क, स्वयम्भू र बालाजुमा वाटर एटीएम सञ्चालनमा आएको हो । त्यस्तै बानेश्वर र शंखपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । महानगरले वाटर एटिएमको लागि गत वर्ष चैत १० गते काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको थियो। लकडाउनको कारणले सम्झौता कार्यान्वयन हुन सकेको थिएन ।
कसरी प्रयोग गर्ने वाटर एटीएम ?
सिक्का साट्ने मेसिनमा ५ रुपैयाँको नोट राखेपछि मेसिनले एक रुपैयाँको ५ वटा सिक्का दिन्छ ।
आफूसँग बोत्तल छैन भने गिलासको मेसिनका एक रुपैयाँ खसालेपछि गिलास निस्कन्छ। त्यो गिलासलाई पानिको मेसिनमा लगेर एउटा सिक्का खसालेको ८ सेकेन्ड पछि २ सय मिलिलिटर पानी आउँछ । त्यस्तै एक लिटर पानि चाहिएमा ५ वटा सिक्का लगातार खसालेपछि पानि थाप्न सकिन्छ ।
यो सेवासगैँ एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यता हट्ने महानगरको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्