बीओकेको अफर, भ्यालेन्टाइनमा गहना किन्दा २ किस्ता छुट

बैंक अफ काठमाण्डू(बीओके)ले ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी गरगहना खरिदमा विशेष अफर ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदका लागि इमआई सुबिधा ल्याएको छ ।
सामान्यतया ‘भ्यालेन्टाइन डे’मा आफूलाई मन पराउने प्रेमीकालाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डूले बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदका लागि ईएमआई सुबिधा ल्याएको छ । ईमआई सुबिधामा ग्राहकहरुले ४० हजारदेखि ५ लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्ने बैकले जनाएको छ ।
गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्ने छन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैकले जानकारी दिएको छ ।