Logo

महासंघको व्यापार समितिको सभापतिमा वैद्य

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैद्यकोे सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन् ।
समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपतिदेव पाण्डे छन् ।
त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देवकुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्यसमिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल रहेका छन् ।
उर्लाबारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें छन् । समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा हुनुहुन्छ ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । त्यसका लागि समितिले महत्वपूर्ण इस्युहरूमा सरोकारवाला निकायहरूस“ग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिए । विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाइमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौती लगायतमा समितिले आफूलाई विशेषरुपमा केन्द्रित गरी कार्य गर्न पनि अनुरोध गरेका थिए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाचो औंल्याएका थिए ।
तत्पश्चात समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजिकरण सम्बन्धमा संबन्धित निकायसंग समन्वय गरी आवश्यक कार्यहरू गर्ने, व्यापार तथा आपूर्तिसंग सम्बन्धित ऐन कानूनहरूका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्पmबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्