Logo

पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु

पुलिसलाई दोहोरो जित र महिलातर्फ न्यूूडायमण्डको जित

पोखरामा मंगलबारदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता आन्र्तगत पहिलो दिनको खेलमा पुलिसले दोहोरो जित हासिल गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रतिद्वन्द्वी शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई सोझो सेटमा पराजित ग-यो भने पुरुष तर्फ भएको अर्को खेलमा पुलिसले घरेलू टिम गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । महिला तर्फको पहिलो खेलमा पुलिसले एपिएफलाई २६—२४, २५—२२ र २५—१ ११ को सेटमा पराजित गरेको हो । त्यसै गरी पुरुष तर्फको अर्को खेलमा पुलिसले गण्डकी प्रदेशलाई २७—२५, २५—२१ र २५—२२ को सेटमा पराजित गरेको हो । सोझो सेटमा जित हासिल गरेको पुलिसले महिला तथा पुरुषतर्फ आफ्नोख खातामा ३÷३ अंक बटुल्न सफल भयो । सोझो सेटमा पराजित भएका दुबै टिमले भने अंक प्राप्त गर्न सकेनन्।
महिला तर्फ भएको दोस्रो खेलमा काठमाण्डौंको न्यू–डायमण्ड एकेडेमीलाई सान्दार जित हासिल गरेको छ । त्रिभुवन आर्मी क्लबलाई डाइमण्डले २५—१३, २२—२५, १८—२५, २७—२५ र १५—१३ को सेटमा पराजित गरेको हो । जित हासिल गरेको डाइमण्डले २ अंक प्राप्त गरेको छ भने आर्मीले एक अंक प्राप्त गरेको छ । बुधबार पनि लिग चरणका खेलहरू हुने भएको टाइगर ग्रुपका सचिव प्रकाश बरालले बताए ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशको राजधानिलाई अब खेलकुदको हव बनाउनु पर्ने बताए । खेलाडीहरूलाई व्यवसायीक बनाउदै खेलकुदको दिगो विकासको लागि प्रदेश सरकारले आवश्यक खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्ने उनले जनाए । प्रदेश सरकारले बहुउद्देश्य कवर्ड हल बनाउन चाहेर पनि उचित जग्गा प्राप्त नभएको मुख्यमन्त्री गुरुङले जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले पोखराको खेलकुद विकासमा सबै तहका सरकारको आवश्यक भएको बताए । नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरन्जनरमण शर्माले भलिबल खेल राष्यिट्रय खेल भए पनि सरकारले यस खेललाई उचित लगानी गर्न नसकेको गुनासो गरे ।
प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेस्रो हुनेलाई ३५-३५ र शान्त्वना हुनेलाई जनही १५-१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही ५-५ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्