स्थानीय पूर्वाधार विकासको बजेट विनियोजन «

स्थानीय पूर्वाधार विकासको बजेट विनियोजन

सिन्धुली-सिन्धुलीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य गणेशकुमारी पहाडी संयोजक रहेको निर्देशक समितिले निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त भएको ४ करोड रकम विनियोजन गरेको हो ।
सिन्धुलीमाढीमा सम्पन्न बैठकले प्राथमिकताका आधारमा विभिन्न २१ योजनालाई छनौट गरी बजेट छुट्याइएको सांसद गणेशकुमार पहाडीले बताए । छनोट भएका योजनाहरू दुधौली नगरपालिका, फिकल गाउँपालिका, तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका र कमलामाई नगरपालिकाका सडक तथा भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरिएको छ ।
दुधौली नगरपालिकाअन्तर्गत पर्ने कमला तावा नदी नियन्त्रणका लागि ७५ लाख, दुधौलीकै वडा नम्बर ३ मा निर्माणाधीन अवस्थामा रहेको पुष्ना स्मृति भवन निर्माणका लागि १५ लाख छुट्याइएको छ ।
त्यस्तै दुधौली नगरपालिकाकै वडा नम्बर ४ डकाहामा रहेको सरस्वती क्याम्पस भौतिक पूर्वाधार निर्माणमा १७ लाख, वडा नम्बर १३ को याना महादेवडाँडा सडक स्तरोन्नतिका लागि १० लाख, वडा नम्बर ५ को भित्तेबाटो स्तरोन्नतिका लागि १८ लाख र वडा नम्बर ३ को कालापानी खानेपानी योजनामा १२ लाख रकम विनियोजन गरिएको छ ।
फिकल गाँउपालिकामा खुर्काेट घुर्मी विद्युतीकरणका लागि ५० लाख, वडा नम्बर ६ को गोगनपानी डाँडागाँउ सोखु सडक निर्माणका लागि २० लाख र वडा नम्बर ५ मा निर्माणाधीन अवस्थामा रहेको उद्धव स्मृति पार्क निर्माणका लागि १४ लाख रकम छुट्याइएको छ ।
तीनपाटन गाउँपालिकाको वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माणमा २० लाख, वडा नम्बर ८ को पुल्चोक लायोगाँउ सडक स्तोन्नतिका लागि १७ लाख, वडा नम्बर ५ मा स्चानी छरछरे बाबाधाम मुलबाटो रिट्ठे सडक योजनाका लागि २० लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्