ट्यालेन्ट तान्ने शीर्ष १० मा अमेरिका र बेलायत बाहिर «

ट्यालेन्ट तान्ने शीर्ष १० मा अमेरिका र बेलायत बाहिर

जेनेभा-विश्वमा सिपालु मानिसलाई आकर्षित गर्ने मामिलामा युरोप अगाडि देखिएको छ । आईएमडी बिजनेस स्कुलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनका अनुसार विश्वका अन्य कुनै पनि क्षेत्रको तुलनामा ट्यालेन्ट तान्ने र विकास गर्ने मामिलामा युरोपेली मुलुक अगाडि देखिएका छन् ।
वल्र्ड ट्यालेन्ट -याङकिङमा लगातार पाँचौ वर्षमा स्वीट्जरल्यान्ड पहिलो स्थानमा देखिएको छ । शिक्षा र तालिममा गरिएको लगानीका साथसाथै अन्तर्राष्ट्रिय कामदार तान्ने क्षमताका कारण यो मुलुक पहिलो स्थानमा देखिएको हो । यसपछिका स्थानहरुमा डेनमार्क, नर्वे, अस्ट्रिया र नेदरल्यान्ड्स रहेका छन् ।
छैटौ स्थानमा रहेको क्यानडा शीर्ष १० को सूचीमा एकमात्र गैर युरोपेली मुलुक भएको छ । यसपछिका स्थानहरुमा फिनल्यान्ड, स्वीडेन, लक्जेमबर्ग र जर्मनी रहेका छ् ।
अमेरिका १२ औं, अस्ट्रेलिया १४ औं, र बेलायत २३ औं स्थानमा परेका छन् । यो सूचीमा ट्यालेन्टको विकास गर्ने, आकर्षित गर्ने र प्राप्त गर्ने ६३ देशलाई समावेश गरिएको छ ।सिंगापुर १३ औं र हङकङ १८ औं स्थानमा रहेका छन् ।चीन ३९ औं, इन्डोनेसिया ४५ औं र भारत ५३ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्