Logo

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

 नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिको पोलिसी बिक्री गरिने बैंकले जनाएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्