अनलाइनबाट प्रवेश परीक्षाको तयारी गर्न सकिने

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् ।
छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकज जलानले जानकारी दिए । उनका अनुसार नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि परीक्षाका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।