बजेट अभावले जुम्ला–मुगु जोड्ने सडक निर्माण अलपत्र

जुम्ला-बजेट अभावका कारण दर्जनौं योजनाहरू अलपत्र अबस्थामा छन् । बजेट नहुँदा ठूलाठूला भवन, अन्तरजिल्ला जोड्ने सडक र खानेपानी सिँचाइलगायतका विभिन्न योजनाहरू बीचमै अलपत्र पर्ने गरेका हुन् । यसैबीच जुम्ला उर्थु पटमारा खाली न्याउरीघाट हुँदै मुगु जोड्ने बहुवर्षीय सडकमा बजेट अभावले १८ किमी सडक निर्माण हुन सकेको छैन ।
उक्त सडकको जम्मा दूरी ४० किलोमिटर हो । जसमा २१ किमी सडकमा चार प्याकेज अन्तरर्गत विभिन्न काम भईरहेको छ । तर, बाँकी १८ दशमलव ५ किमी सडकमा बजेट नहुँदा कुनै काम सुरु गर्न नसकिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए ।
जुम्ला हुँदै मुगु रारा पुग्ने सबैभन्दा छोटो उक्त सडकलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने भनिए पनि प्रयाप्त बजेट नहुँदा बीचमै अलपत्र परेको हो । नाग्मगमगडी सडकभन्दा जुम्ला उर्थु सडकबाट मुगु राराताल करिब ३ घण्टा छिटो पुग्न सकिन्छ ।
प्रमुख रावलले भने,“पटमारा देखि बागमारे सम्म १३.५ किमी र चौथागाउँदेखि बुलबुलेसम्म ५ किमी गरी जम्मा १८.५ किमी सडकको स्तरउन्नति बजेट अभावले हुन सकेको छैन् । आबश्यकताभन्दा राजनीतिक स्वार्थमा बजेट छुटाईने भएकै कारण बहुवर्षीय योजजा बजेट अभावले अलपत्र पर्ने अवस्था छ ।”
बाँकी जुम्लादेखि उर्थु, बागमारेदेखि न्याउरीघाट र न्याउरीघाट देखि काभ्रा गाउँसम्मको २१ किमी सडको विस्तारको तथा स्तरउन्नती धमाधम भईरहेको प्रमुख रावलको भनाई छ । उनका अनुसार सडक चौडा गर्ने, ग्राभेल गर्ने आबश्यक ठाउँमा नाला र ग्यामिन पर्खाल निर्माणको काम भईरहेको हो । निर्माण भइरहेको २१ किमी सडक मध्य ११ किलोमिटर सडक चौडा गर्ने, पर्खाल, नाला निर्माण गर्ने र १० किमी सडकमा ग्रोभल गर्ने पूर्वाधार कार्यालय प्रमुख रावलले उल्लेख गरे ।
५२ करोड बजेट आवश्यक
कर्णालीको पूर्वाधार विकासले गती नलिनुको मुख्य कारण भनेकै बजेट अभाव हो । पूर्वाधार विकासलाई प्रथामिकता दिएको कर्णाली सरकारीले आवश्यकताअनुसार लगानी गर्न नसकेको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलको भनाइ छ । बहुवर्षीय योजना (जुम्ला उर्थु न्याउरीघाट बुलबुल हुँदै मुगु) जोड्ने सडकको अलपत्र १८ किमी सडक स्तरउन्नतिका लागि करिब ५२ करोड बजेट आवश्यक पर्ने रावलले बताए ।
ट्रयाक खोल्ने बाहेक अरु सबै काम बाँकी रहेकाले अनुमानित ५२ करोड आबश्यक पर्ने देखिएको छ । उनले भने,“उक्त १८ किमीमा सडक चौडा पर्ने, नाला बनाउने, ग्यामिन पर्खाल निर्माण गर्ने र ग्राभेल गर्नका लागि ५२ करोड चाहिन्छ ।
तर पटक–पटक स्टमेट सहितको बजेट माग गर्दा पनि सुनुवाई भएन् । जसका कारण अहिले सम्म ठेक्कासमेत लगाइएको छैन् । गएको केही महिनाअघि कर्णालीका मुख्यमन्त्री, कानुनमन्त्री, सामाजिक विकासमन्त्रीको टोली उक्त सडक अनुगमनमा पुगेर यर्थात थाहा पाउँदा समेत बजेट जुट्न सकेको छैन ।
बर्षौं पहिले ट्रयाक खोलिएको जुम्ला मुगु जोड्ने सडकको हालसम्म पनि स्तवृद्धि नहुँदा जीर्ण बन्दै गएको छ । उक्त सडक निर्माण भई सुचारु भएमा जुम्लाको आर्थिक, सामाजिक विकाससँगै पर्यटकीय गविधि बढ्ने छ । जुम्ला र मुगुवासीको जनजीवन संग जोडिएको उक्त सडकको विकासमा कर्णाली सरकारले ध्यान दिनुपर्ने नागरिक अगुवा राजबहादुर महतको तर्क छ ।