Logo

चालू वर्षमै फाइभजी परीक्षण गर्न टेलिकमलाई मन्त्रीको निर्देशन

sf7df8f}F, @@ df3M ;~rf/dGqL u’?ªaf6 g]kfn 6]lnsdsf] jflif{sf]T;j sfo{qmd ;Daf]wg ;~rf/ tyf ;”rgf k|ljlwdGqL kfj{t u”?ª sf7df8f}Fdf laxLaf/ cfof]lht g]kfn 6]lnsdsf] !& cf}F jflif{sf]T;j pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) लाई चालू आर्थिक वर्षभित्रै फाइभजी सेवा परीक्षण गरिसक्न निर्देशन दिएका छन् ।
कम्पनीको १७ औँ वार्षिकोउत्सवको अवसरमा मन्त्री गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी फाइभजीको पनि परीक्षण सक्न निर्देशन दिएका हुन् । दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्वन्धमा भएको ढिलाइ र बढ्दो लगानी न्युनिकरण गर्न छुट्टै पूर्वाधार कम्पनी खोल्न पनि उनले निर्देशन दिएका छन् ।
मन्त्री गुरुङले कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहन रणनीतिक व्यवस्थापन साझेदार व्यवस्था गरी प्रविधिको विकासक्रम अनुसार फाइभजीको फ्रिक्वेन्सीलाई उच्चतम व्यवस्थापन गर्न आग्रह गरेका छन् । उनले बिहीबार कम्पनीका सेवाहरुको वारेमा जानकारी दिने च्याटवट सेवाको सफ्ट लञ्च पनि गरेका छन् ।
मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका वेला टेलिकमले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै अब नयाँ प्रविधिको विस्तारमा जोड दिन निर्देशन दिएका छन् ।
कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले १७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा अहिले कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको जानकारी दिए । मुलुकको करिब ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको उनको भनाइ थियो ।
कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा रहेको जनाएको छ ।
कम्पनीको जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । २०७७ कात्तिक महिनासम्मको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको छ ।
कम्पनीको डाटा सेवाका प्रयोगकर्ता मंसिर अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढी पुगेको छ । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जिएसएम फोरजीतर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ ।
कम्पनीले मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बाग्मतिका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढेको छ । आ.व. २०७६÷७७ मा कम्पनीको आय ४२ अर्व ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा ९ अर्व ७४ करोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्