हिलोमा हिँड्ने गरेका दलितहरूको पाइला मेटाए समाजसेवी : पूर्वधावक बोहोरा

मुगु-हिमाली जिल्ला मुगुका एक समाजसेवी युवा पूर्वधावकले छायानाथ रारा नगरपालिका–१३ रुगाँ गाउँमा रहेको एक दलित बस्तिमा हिलो धुवाँ धुलोमा हिँड्ने गरेका दलितहरूको समस्यालाई पाइला मेटाउनको लागि गाउँभरिको बाटोका ग्राबेल आरसिसी ढलानमा गर्नमा हिजो आज ब्यास्त रहेको छन् ।
आफ्नो देशलाई जन्मथलो गरी विदेशी मुलुक हाल स्पेनमा कर्म थलो अर्थात बस्दै आएका समाजसेवी बोहोराले दलित बस्तीमा आरसीसी गरी दिएको बताए छन् । समाजसेवि बोहोराले भने यो दलित बस्तिको गाउँमा साढे एक किलोमिटर बाटो आरसीसी गरिदिएका छन् ।
१ सय २० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसीसी र आफू जन्मेको थार्प गाउँमा एक घर एक घारा निर्माण र आफनी आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण गरेको जानकारी दिए ।
सबै गरी जम्मा जम्मी ४ लाखभन्दा बढी रकमको सिमेन्ट बालुवामा लगानी भएको छ । अन्य कुनै संघ–संस्थाको भए ५० लाखभन्दा बढीको बिलहुन्थो यो रुगा गाउँमा बस्ने दलित तथा गैरदलित बस्तीमा बस्र्ने स्थानीय मानिसको स्वास्थ्यमा केही हुधार गर्नका लागि पहल मात्र गरेको हुँ अन्य सबै छायानाथ रारा नगरपालिका–१३ का रुगाँ र थार्प गाउँको थार्प मष्टा देवताका लागि यस कार्यमा थोरै भए पनि घाउमा मलम लागोस् भन्ने उद्देश्यले जुम्ला जिल्ला कनका सुन्दरी २ मालिका बोता घर भई हाल अमेरिकामा बस्दै आएका बोहोराका साथी दीपक रावतले १६ कट्टा सिमेन्ट सहयोग गरेको बताए ।
उनले भने मेरो यो काम गरेको देखे पछि थोरै भए पनि म त्यो गाउको लागि केही थोरै भएता पनि सहयोग गर्छु भन्ने मनसाय रहेको हुदा साथी रावतले पनि सहयोग गरेको बोहोराले भने ।
अक्कल बने स्थानीयवासीको राजा
रुगाँ र थार्प गाउँका स्थानीयले यहाका नेता, राजनितिक दल सँगै उच्च पदस्तमा बसेका राजा, प्रधानमन्त्रीभन्दा पनि समाजसेवी अक्कल बोहोरालाई स्थानीयले राजा सरह ठानेका छन् ।
देशमा ३ तहको सरकार सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि हालसम्म जनताका मागअनुसार कुनै पनि काम नगरेको स्थानीयको भनाइ छ ।
उनले भने हाम्रो नजिकको स्थानीय सरकार छायानाथ रारा नगरपालिका छ तर यस नगरपालिकाले हाम्रा मागअनुसार कुनै पनि काम नगरेको उनको आरोप छ । बोहोरा पूर्वराष्ट्रिय धावकसँगै नेपाल समाज एसोसिएसन (स्पेनका) कोष्टा ब्लान्का स्पेनका अध्यक्षसमेत छन् ।