महिन्द्रा फ्री मेगा सर्भिस क्याम्प «

महिन्द्रा फ्री मेगा सर्भिस क्याम्प

नेपालको लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवक्र्सले सोमबारबाट महिन्द्रा फोर ह्वील गाडीहरूको लागि देशभर रहेका आधिकारिक वर्कसपबाट एकैसाथ फ्री सर्भिसिङ सुरु गरेको छ । महिन्द्रा फ्री मेगा सर्भिस क्याम्प पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामा निःशुल्क सर्भिसिङको साथसाथै स्पेयर पार्ट, लुब्रिकेन्ट तथा अन्य एक्सोसरिजहरूमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले स्पेयर पाटर््स खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरूको खरिदमा विशेष छुट दिने जनाएको छ ।
यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरूले गाडीका विभिन्न ७५ जाँच गर्दछन् । फ्री सर्भिसिङ सेवाका लागि ग्राहकहरूले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्