फोहरमाथि पार्क «

फोहरमाथि पार्क

धनकुटा-कतिपयलाई अचम्म लाग्न सक्छ, फोहरको डंगुरमाथि सुन्दर पार्क छ भन्दा । तर, यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालन गरिरहेको फोहर मैला व्यवस्थापन केन्द्रभित्र सुन्दर पार्क निर्माण गरिएको छ ।
फोहर मैला व्यवस्थापन केन्द्रमा धनकुटा नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा सहरबाट संकलन गरिएको फोहरको थुप्रोमाथि नै फूलबारीसहितको सुन्दर पार्क निर्माण गरेको हो ।
दुर्गन्धित ठानिएको फोहरको डङ्गुरमाथि मगमगाउ“दा ४३ भन्दा बढी जातका फूल ढकमक्क फूलेका छन् । धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले भने फोहरको उचित व्यवस्थापनले वातावरणमैत्री स्वच्छ सहरको योजनालाई मूर्तरूप दिन सकिने बताउ“छन् । “फोहरमाथि नै बेलिचमेली फुलाएर आकर्षण दिने लक्ष्यमा छौं ।” खनाल भन्छन्, “खेर जाने कुनै चिज छैन, सबै फोहरबाट मोहरमात्रै होइन स्वच्छता र सुन्दरता पनि सम्भव छ ।” धनकुटा बजार र हिलेबाट दैनिक संकलन हुने फोहरमा मिसिएर आउ“ने फलाम, का“च, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिक बोतलका साथै कार्टुन छानेर बिक्री गरी बा“कि रहेको फोहरले ‘ल्यान्डफिल’ आसपासका खाल्डा पुर्दै आएको छ । नगरवासीस“गको साझेदारीमा घरबाट निस्कने कुहिने र नकुहिने फोहर छुट्याउन नीलो र रातो बाल्टी वितरण गरिएको छ । ‘मिथेन’ ग्यास उत्सर्जनरहित दाबी गरिएको केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक १६ टन फोहर जम्मा हुन्छ । नगरपालिकाले मृत जीवजन्तु, मानव शौचालय तथा घरबाट निस्कने गल्ने फोहरलाई एरोविक कम्पोस्टिङ गरी मलका लागि प्रयोग गर्दै आएको छ भने अस्पतालबाट निस्कने, कागज, का“च, प्लास्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गर्दै आएको छ । केन्द्रमा ३७ प्रतिशत गल्ने फोहोर संकलन हुन्छ । यस्तै २५ प्रतिशत रबर, १२ प्रतिशत कपडा, १० प्रतिशत प्लास्टिक, ८ प्रतिशत कागज, ४ प्रतिशत पुराना निर्माण सामग्रीका साथै टिन, फलाम र विद्युतीय सामग्रीजन्य फोहोर जम्मा हुन्छ । उक्त फोहोर छानेर स्थानीय व्यापारीमार्फत बिक्री गर्छ । वातावरण शाखा प्रमुख खनालले आउ“दो ३० वर्षसम्म यहाँ फोहर व्यवस्थापनमा समस्या नहुने बताए । फूलबारी पार्क बनेपछि उक्त स्थान फोहरमैला व्यवस्थापनका लागि सिकाइको थलो बनेको छ । फोहरमैला व्यवस्थापनको यो तरिका साटासट गर्न टाढाबाट आउनेहरूसमेत यहा“को अभ्यास देखेर दंग पर्ने गरेका छन् । ‘सुन्दरता मात्रै होइन, फोहरबाट निस्कने प्रदूषित ग्यासले प्रभावित क्षेत्रका मानिस र जीव जन्तुको स्वास्थ्यमा असर नपरोस भन्नेमा सचेत खनालको भनाइ छ । नगरपालिकाले विभिन्न समयमा कार्यलय प्रमुखको बैठक, गोष्ठीजस्ता कार्यक्रम पनि फोहर मैला व्यवस्थापन केन्द्रमै गर्ने गरेको छ । यस नगरपालिकाले गरेको कामबारे नेपाल सरकारका मन्त्री, सचिवलगायतले समेत अवलोकन गरिसकेको खनालको भनाइ छ । सानै भए पनि फोहर मैला व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले गरेको प्रयास सकारात्मक र केही नौलो छ । फोहर व्यवस्थापनको पहिलो दायित्व उत्पादककै हो भन्ने कुरा बुझाएर ‘फोहर छुट्याए मोहोर’ भन्ने सन्देश फैलाउन सके हाम्रा सहरमा वातावरणमैत्री शासनको सुरुवात हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्