रोजगारी अनि अनुभवको चिन्ता «

रोजगारी अनि अनुभवको चिन्ता

कोरोनाका कारण धेरैले आफ्नो रोजगारी गुमाउनु परेको कुरा त हामीलाई अवगत नै छ । तर, बेरोजगारीको कुरा भने हाम्रो लागि नौलो पक्कै होइन । कोरोना र प्राकृतिक विपत्तिको सिकार हुनुभन्दा अगाडिदेखि नै बेरोजगारीको कुरा निकै नै सुनिएका कुरा हुन् ।
नेपालको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने त्यति आसलाग्दो नतिजा भने छैन । सन् २०१६ मा नेपालको बेरोजगारी दर २०१५ को भन्दा ०.०३ प्रतिशतले घटेको थियो, जबकि २०१६ को बेरोजगारी दर १.४५ प्रतिशत थियो, जुन खुसीको कुरा त हो तर त्यति राम्रो भने होइन । त्यस्तै गरी सन् २०१७ मा १.४० प्रतिशत, २०१८ मा १.३५ प्रतिशत, २०१९ मा १.४१ प्रतिशत र २०२० मा १.४७ प्रतिशत बेरोजगारी दर रहेको छ ।
सन् २०१५ देखि हेर्दै जाने हो भने बेरोजगारी दर २०१८ सम्म थोरै प्रतिशतमा घट्दै आए तापनि २०१८ र २०२० मा आएर ०.०६ प्रतिशतले बढेको थियो । अझ कुनै संस्थामा जागिरका लागि आवेदन दिइएको छ, आफू सक्षम र योग्यता पुग्दासमेत जागिरको अनुभव नभएको भनेर जागिरमा नलिने कुरा पनि धेरै नै सुनिएको छ । सानोमा पढ्दै गर्दा राम्रो पढ, धेरै पढेर राम्रो जागिर खाएर ठूलो मान्छे बन्नुपर्छ भन्ने कुरा सबैले सुनेकै होला । तर उमेर बढ्दै जाँदा भनाइमा कत्तिको भिन्नता रहेछ भन्ने थाहा हुने गर्छ । प्रायःजसो मानिसहरूको कथा यस्तै नै छ ।
व्यवस्थापक तथा रोजगारदाताहरूलाई काममा लिने डिग्री एक जाँचको सर्टकट हो, यसले उनीहरूलाई केही चिजहरू बताउँछ, जसले उनीहरूलाई योग्य बनाउन मद्दत गर्छ । तर, यो सबैभन्दा महत्वपूर्ण कुरा होइन, जुन रोजगारीको खोजी गर्नेहरूले आजको बारेमा सिकिरहेको दर्दनाक सत्य हो । यो एउटा समान अस्वीकृति हो, जससँग युवाहरू सबैभन्दा धेरै परिचित छन् । मैले युवाहरूसँग प्रश्न गर्दा उत्तरमा पाएँ, “यदि कसैले मलाई मौका दिँदैनन् भने मैले कसरी अनुभव गर्ने ?”
कसैले पनि तपाईंलाई अनुभव गर्ने अवसर दिँदैन र तपाईंका गल्तीहरूको लागि भुक्तान गर्न चाहँदैन । उनीहरूसँग ग्राहक तथा सेयरधारकहरू सोच्नका लागि हुन्छन्, तपाईंलाईं सबल बनाउनु, यो तपाईंको आफ्नै उत्तरदायित्व हो । तपाईंले तिनीहरूलाई पहिले नै उत्पादन गरिरहनुभएको वास्तविक परिणामहरू देखाउन सक्षम हुनुपर्नेछ । अनुभवले ज्ञानलाई सूचित गर्छ । अनुभव भएका मानिसहरूलाई खोज्नुको स्पष्ट कारण भनेको यो हो कि प्रबन्धकहरू प्रायः जोखिम प्रतिकूल हुन्छन् र विश्वास गर्छन् कि कसैलाई अनुभवको साथमा राख्नु भनेको अनुभवबिना कसैलाई काममा राख्नुभन्दा सुरक्षित छ । यदि तपाईंले पहिले निश्चित काम गरिसक्नुभयो भने तपाईंले अहिले पनि यो काम कसरी गर्ने भनेर थाहा पाउनुहुनेछ ।
हामी आफ्नो अनुभव बढाउन यी कार्यहरू गर्न सक्छौं :
१. इन्टर्नसिप : इन्टर्नसिप छोटो अवधिको काम हो, जसबाट हामीले भुक्तानी पाउन पनि सक्छौं, नपाउन पनि सक्छौं । यसले तपाईंलाई एक वास्तविक कार्यस्थलको अनुभव दिन मद्दत गर्छ ।
२. अनुभव नखोज्ने कार्यस्थलमा काम गर्ने, जसबाट कार्यस्थलको प्रक्रियाबारे आफू परिचित हुने । सबै कार्यस्थलले अनुभवलाई मात्र पनि प्राथमिकतामा नराखेको हुन सक्छ, कुनै कर्यस्थलले तपाईंलाई काम सिकाउनुका साथै तपाईंलाई सबल पनि बनाउन मद्दत गर्छ ।
विश्व परिवर्तन भएको बुझ्नुहोस्
तपाईं आफैंले अवसर बनाउनुपर्छ, समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तपाईं के गर्न चाहनुहुन्छ भनेर निर्णय गर्नु आवश्यक छ र त्यो गर्न थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्