सिमावर्ती क्षेत्रमा अन्तर जिल्ला अपराध न्युनिकरण अभियान «

सिमावर्ती क्षेत्रमा अन्तर जिल्ला अपराध न्युनिकरण अभियान

जुम्ला-माथिल्लो कर्णालीका तीन जिल्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा पहिलो पटक अन्तर जिल्ला अपराध न्यूनीकरण सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा कालिकोट, मुगु र जुम्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा शनिबार ¥यालीसहित सचेतना कार्यक्रम गरिएको हो ।
तीन जिल्ला प्रवेशको मध्यविन्दु नाग्म बजारमा सयौं स्थानीय व्यापारी, युवाको सहभागिता र जुम्लाका प्रजिअ भुपेन्द्र थापाको नेतृत्वमा बजारभरी अपराध न्यूनीकरणसम्बन्धी ¥याली निकालिएको थियो । अपराधिक गतिविधिको प्रवेशविन्दु भनेकै सीमा क्षेत्र भएकाले बेला–बेला सचेतनामूलक कार्यक्रम गर्नुपर्ने स्थानीयको जोड छ ।
कर्णालीमा सडकको विकास संगै अपराधिक गतिविधिहरू पनि ह्वात्तै बढेकाले सिमावर्ती बजारमा सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
उनले भने, “व्यापार गर्ने सिलसिलामा,रोजगारीको खोजीमा सिमा प्रवेश गर्ने व्यक्ति अपराधिक प्रवृत्तिका हुन सक्छन् । लागु औषध पनि भित्राउन सक्ने भएकाले प्रहरीले चेकजाँचमा कडाई गर्नु पर्ने र व्यापारीहरू पनि सचेत बन्नु पर्ने देखिन्छ ।”
उनले थपे, “अपराध हुन्छ त्यहा शान्ती सुरक्षाको महसुुस हँुदैन् । त्यसैले शान्तिी सुरक्षा, सुशासन कायम गर्न अपराध न्यूनीकरण आबशयक छ । सडकको विकास र बढ्दो सहरीकरणले अपराधका घटना बढेका छन् । विभिन्न अपराधबाट समाजलाई जोगाउन सबै पक्ष सचेत हुन जरुरी छ ।”
जुम्ला, कालिकोट र मुगुमा सडकको विकाससँगै सहरीकरण पनि बढेको छ । भने सँगै लागू औषध दुव्र्यसनी पनि बढ्दै छ । हत्या हिंसा,बलात्कार, चेलिबेटी बेचबिखन, चोरी शिकारी जस्ता गतिविधि बढेका छन् । जसका कारण समाजमा शान्ति सुरक्षा कायम बाधा पुगेको प्रजिअ थापाको भनाइ छ ।
समाजलाई सभ्य र सुसूचित बनाउन अपराधिक गतिविधिले बाधा पुराएको उहाँको भनाइ छ । गाउँमा व्यापारका नाममा पनि अपराधि प्रवृत्तिका मान्छे आउने भएकाले सचेत हुन आग्रह गरिन ।
हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले सडक संजालको विकास संगै अपराधिक गतिविधि बढिरहेको अबस्था समय सान्दर्भिक सचेतना कार्यक्रम भएको बताइन् । हत्या बलात्कार,घरेलु हिंसा,लागू औषध दुव्र्यसनी, लागू औषध ओसार पोसार बढेकोले सुरक्षा सतर्कता बढाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्