चीनसँगको व्यापार युद्धले अमेरिकी भटमासको मूल्य घट्यो

शिकागो-सोमबार शिकागो बोर्ड अफ ट्रेड (सीबीओटी) ओरालो लागेर बन्द भएको छ । चीनसँग अमेरिकाको व्यापारिक सम्बन्ध अनिश्चित बनेकाले भटमासको मूल्यमा दोहोरो अंकको गिरावट आएको छ ।
सर्वाधिक सक्रिय मानिएको डिसेम्बर मकैको मूल्यमा २.५ सेन्ट अर्थात ०.६९ प्रतिशतले गिरावट आएर प्रति बुसल ३.६२२५ डलर कायम भएको छ । २०१९ को मार्चमा आपूर्ति हुने गहुँको मूल्यमा ८.७५ सेन्ट अर्थात १.७ प्रतिशतले गिरावट आएर ५.०६५ डलर कायम भएको छ । २०१९ को जनवरीमा आपूर्ति हुने भटमासको मूल्यमा १८.५ सेन्ट अर्थात २.०७ प्रतिशतले गिरावट आएर प्रति बुसल ८.७३७५ डलर कायम भएको छ ।
“भन्सारको विषयमा द्विविधापूर्ण रिपोर्ट आएकाले भटमासको मूल्यमा २० सेन्टको गिरावट आएको छ । यो अवस्थाम के गर्ने भन्ने मलाई थाहा छैन,” म्यागाथे कमोडिटिका भर्जिनिया म्यागाथेले बताइन् ।
“ह्वाइट हाउसको अनिश्चितताका कारण यो बिदाको समयमा प्रसस्त व्यापारीहरु साइडलाइनमा जान सक्नेछन्,”उनको गुनासो थियो । उनले थपिन्,“अमेरिका–चीनको यो मोलमलाईले के हुन गइरहेको छ ? के उनीहरु अगाडि बढिरहेका छन् ? यसले बजारमा निश्चित रुपमा पनि प्रभाव पार्न सक्छ ।”
सीबीओटीको गहुको मूल्यमा पनि नराम्रारी प्रभाव परेको छ । अमेरिकी आपूर्तिका लागि कमजोर अवस्थाको मागले यसमा दबाब परेकाले मूल्यमा भारी गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।