Logo

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा सञ्चालक नियुक्ति

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १०२औं सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेकी अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको बताइएको छ ।
सञ्चालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्याससहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए । संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दावी गरेको छ । १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरुसहित करीव ३६ हजार कर्जा सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको जनाएको छ । कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्