गरिमा विकास बैंकको ‘मेरो सेयर बचत खाता’ «

गरिमा विकास बैंकको ‘मेरो सेयर बचत खाता’

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ ।
यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५०० मा खाता खोलेर निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्वा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्वाको सुविधा लिन सक्नुहुनेछ ।
वर्तमान अवस्थामा कोभिड–१९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’ मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ ।
जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्