सिटिजन्स बैंक बन्ड–२०८५ आउँदै «

सिटिजन्स बैंक बन्ड–२०८५ आउँदै

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आइतबार १ हजार अंकित दरका २५ लाख रुपैयाँ कित्ताले हुुनआउने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्कासनको निम्तिग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्ति गरेको छ ।
ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणि ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २ अर्ब ५० करोड रुपैयाँबराबरका ऋणपत्रमध्ये ८० प्रतिशत व्यक्तिगत र २० प्रतिशत सर्वसाधरणहरूका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्