मैदान नहुँदा खेलाडीलाई तालिममा समस्या «

मैदान नहुँदा खेलाडीलाई तालिममा समस्या

जुम्ला-फराकिलो खेल मैदान नहुँदा जुम्लाका तेक्वान्दो खेलाडीहरूलाई दैनिक तालिम (अभ्यास) गर्नका गर्न समस्या भएको गुनासो गरेका छन् । खेलाडीलाई निःशुल्क तालिम दिइरहनु भएका तेक्वान्दो डोजाङ जुम्लाका प्रशिक्षक लालबहादुर रोकायाले मैदान नहुँदा खेलाडीको नियमित अभ्यास प्रभावित भएको बताए ।
उनले भने, “हाल २५ जना खेलाडी छन् । खेलाडीको संख्या बढ्दै छन् । करिब ४ सय २७ जनाले फम भरेका छन् । तर नत राम्रो मैदान छ । नत खेलकुद विकास समितिले हेरेको छ ।”
निःशुल्क रूपमा खेलाडी उत्पादन गर्न खोज्दा पनि कतैबाट सहयोग प्राप्त नभएको प्रशिक्षक रोकायाले गुनासो गरे । आजभोलि खेलकुद विकास समितिकै कार्यालय अगाडि साँघुरो ठाउँमा तालिम दिइरहेको छु ।
बिना तलब भत्ता खेलाडी उत्पादनमा जुटिरहँदा पनि कसैले साथ सहयोग नगर्दा खेल क्षेत्रमा रुचि राख्ने, खेल क्षेत्रमै भविष्य देखेका खेलाडीहरूको पनि निराश भएको उनको भनाइ छ ।
सरोकारवालाको सहयोग बिना खेल क्षेत्रको विकास सम्भव नभएकाले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ । मैले प्रशिक्षण गराएका खेलाडी अन्तराष्ट्रिय स्तरमै विभिन्न पदक ल्याएका छन् । तर, जिल्लामा नियमित अभ्यासका बारेमा कसैले वास्ता नगरेको प्रति दुखेसो गरे ।
यता खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम महतले आफ्नै पहलमा डोजाङ स्थापना गराएको बताए । राखेपको विधि पद्धतिअनुसार आधारिक कर्मचारी, प्रशिक्षक बाहेक अरुलाई खेलमैदान दिन नमिल्ने उनको भनाइ छ ।
तेक्वान्दोका प्रशिक्षक लालबहादुर रोकायाले निःशुल्क प्रशिक्षण गराए पनि जिल्ला खेलकुद विकास समिति र राखेपको आधारिक कर्मचारी नभएकाले खेल मैदान उपलब्ध गराउन मिल्ने प्रावधान नरहेको स्पष्ट पारे । बरु उत्पादित खेलाडीलाई राष्ट्यि, क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन सहयोग गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्