एपिडीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने «

एपिडीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने

पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय पत्रिका एसियन पेसिफिक डेली( एपिडी) ले सहयोग गर्ने भएको छ । उक्त पत्रिकाले पोखरामा पनि शाखा कार्यालय स्थापना गरी पोखराको पर्यटन प्रवद्र्धन गर्ने गरी विभिन्न लेखरचना तथा समाचार प्रकाशन गर्ने भएको उक्त पत्रिकाका पोखरा ब्युरो सेपिङ ज्वाओले बताए ।
चाइनाको सिन्ह्वा एजेन्सिजबाट प्रकाशित उक्त पत्रिकाले हाल नेपालसहित १० देशमा आफ्नो बजार विस्तार गरेको छ । विगत तीन वर्षअघि काठमाडौंबाट प्रकाशित हुँदै आएको उक्त पत्रिका आगामी दिनमा पोखरामा समेत वितरण हुने भएको ज्वाओले बताए । आइतबार पोखरामा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने “हामीले पोखरामा पर्यटनमा धेरै सम्भावना देखेर यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि यस क्षेत्रमा आएका छौं, तपाईं सबैको साथ र सहयोग भएमा हामीले पोखराको पर्यटन सम्बन्धी गतिविधि विश्व बजारसम्म पु¥याउन प्रयास गर्नेछौं ।”
हाल पाक्षिक रूपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका जनवरीदेखि साप्ताहिक प्रकाशन हुने तयारी भएको पत्रिकाकी म्यानेजर आरती बस्नेत चित्रकारले बताइन् ।

प्रतिक्रिया दिनुहोस्