आर्मीले ३३ रनले एपीएफलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जित्यो «

आर्मीले ३३ रनले एपीएफलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जित्यो

रोमाञ्चक खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो । आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो । आर्मीले अन्तिम चार बलमा एपीएफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा प¥यो ।
४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए । लगत्तै अर्को बलमा अभिनास बोहरा एलबिडब्लूको धरापमा परे । अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए ।
आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे । ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे ।
अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए ।
शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुले भने भुवन कार्की ९ रनमा आउट भए । सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो ।
बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३–३ विकेट लिए । १ विकेट सुशन भारीको नाममा रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन जोड्यो ।

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे । लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे । उनले १०२ बलमा ६ चौका प्रहार गरे ।
आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुले । भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सके। कप्तान विनोद भण्डारीले एपिएफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके ।
राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीका लागि महत्वपूर्ण सावित भयो । किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरे। विक्रम शोव ११ रनमा आउट भए । सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडे। उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडे ।
बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिए । किशोर महतोले २ विकेट हात पारे। उनले १० ओभरमा ५३ रन खर्चिए ।
कमलसिंह ऐरी, भुवन कार्की र कप्तान शरद भेषवाकरले १–१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्