मन्जुरी लिएरमात्र काम गर्न आग्रह «

मन्जुरी लिएरमात्र काम गर्न आग्रह

सुनकोसी–मरिन डाइभर्सन आयोजनास्थलका स्थानीय माझी समुदाय आन्दोलित भएका छन् ।
सरकारले महत्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जाजस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरू आन्दोलित भएका हुन् ।
रामेछाप र सिन्धुलीका प्रभावित क्षेत्रका जनताले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माणकार्य अगाडि बढाएको भन्दै स्थानीय लामो समयदेखि आन्दोलित छन् । राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराउन आएका आदिवासी माझीले सरकारले स्थानीयको मागलाई बेवास्ता गरेर आयोजना अगाडि बढाउन नसक्ने बताएका छन् ।
सरकारले प्रभावित क्षेत्रका माझी समुदायसँग समुदायको स्वतन्त्र अग्रिम र सूचित मन्जुरी लिएरमात्र काम अगाडि बढाउन पनि माग गरेका छन् । आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९ अनुसार आदिवासी जनजाति हित सम्बद्ध अन्तर्राष्ट्रिय सम्झौता पालना गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्