अमेरिकी कम्पनीलाई छैन चीन छोड्ने हतारो «

अमेरिकी कम्पनीलाई छैन चीन छोड्ने हतारो

वासिङटन-अमेरिकी कम्पनीहरुले अझै सम्म पनि चीन छोड्ने मनस्थिति बनाएका छैनन् । दुई आर्थिक पावरहाउसबीच व्यापार तनाव विस्तार भएपनि यस्तो अवस्था देखिएको विश्लेषकहरुले बताएका छन् ।
“धेरै कम्पनीहरुले परिवर्तका लागि कुराकानी गरिरहेका छन्, तर सक्रिय रुपम परिवर्तन भने गरिरहेका छैनन्,”पान्जिाका अनुसन्धान विश्लेषक क्रिश रोजर्सले बताए ।
“ट्रम्प र सीबीचको सम्मेलन कस्तो किसिमको हुन्छ भन्ने विषयमा अझै अन्यौल रहेकाले कसैले पनि चीन छोड्ने मनस्थिति बनाएका छैनन्,” उनले बताए । उनीहरुबीच नोभेम्बर ३० र डिसेम्बर १ मा अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सम्मेलन हुदैछ ।
“कुनै पनि महत्वपूर्ण अमेरिकी कम्पनीले चीन छोड्लान जस्तो मलाई लाग्दैन,” रोजर्सले बताए ।
धेरैले जी–२० को बैठकले दुई ठूला अर्थतन्त्रबीच व्यापा विस्तार गर्ने अनुमान लगाएका छन । अबको गृष्मकालिन समयदेखि चीन र अमेरिकाले अर्बौ डलरका सामग्रीमा अतिरिक्त भन्सार लगाउन सुरु गर्ने उनीहरुको अनुमान छ ।
यो भन्सारले अमेरिकी कम्पनीहरुललाई आफ्नो उत्पादनलाई चीनबाट अन्यत्र सार्न प्रोत्साहन गर्ने उनले बताए । चीनमा श्रमको लागत बढेसँगै केही चिनियाँ फर्महरु लगायत कतिपय कम्पनीहरुले आफ्नो नयाँ म्यानुफ्याक्चरिङ केन्द्रलाई दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा सार्न सक्ने छन् ।
तर चीनबाट बाहिर सार्ने इच्छाको अर्थ चीन पूर्ण रुपमा छोड्ने भन्ने लाग्दैन ।
चिनियाँ कारखानामा थप लगानी गर्नुको सट्टा विदेशी कम्पनीहरुले अन्य मुलुकमा थप लगानी गर्ने हङकङस्थित इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक मारोले बताए । चीन बाहिरका मुलुकमा भियतनाम हुन सक्ने भनाई उनको थियो ।
वास्तवमै अमेरिका– चीन व्यापार युद्धबाट हुने लाभ लिने मुलुकमा भियतनाम र मलेसिया हुन सक्ने एक अनुसन्धान समूहको अध्ययनले देखाएको छ । यी दुवै मुलुकमा वितरणलाई सहयोग गर्नका लागि मजबुत अवस्थाको पूर्वाधार रहेको छ ।
विद्युतीय म्यानुफ्याक्चरिङमा आफ्नो अनुभव र राष्ट्रिय पूर्वाधारको अपग्रेडका कारण थाइल्यान्डले पनि सम्भावित म्यानुफ्याक्चरिङ केन्द्रको भूमिका निर्वाहा गर्न सक्ने विश्लेषकले बताएका छन् ।
बेइजिङमा रहेको अमेरिकी चेम्बर अफ कमर्शका प्रवक्ताले कमर्शले गरेको सर्भेले अमेरिकी कम्पनीहरुले चीनबाट अन्यत्र नसर्ने देखाएको बताएका छन् । सर्भेका दुई तिहाइले यस किसिमको अभिव्यक्ति दिएका हुन् । सर्भे गरिएका ४३० कम्पनी मध्ये १३ ले मात्रै चीन छोड्ने बताएका छन् । तर उनीहरुले पनि चीनको विकल्पमा अमेरिकालाई नरोजेर दक्षिणपूर्वी एसियालाई उच्च प्राथमिकताको गन्तव्यमा राखेका छन् ।
तर चीन छोडेर अन्यत्र जादा पनि कम्तीमा पनि ३ देखि ५ वर्षको अवधि लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्