दाङको घोराहीमा औद्योगिक क्षेत्र घोषणा «

दाङको घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उप–महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो । नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । साविक राप्तीको आवश्यता अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो । संघले २०७१ सालदेखि औद्योगिक क्षेत्रका लागि पहल गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सबै पक्रिया पूरा भएपनि फाइल मन्त्रिपरिषद्मा पुगेर रोकिएको थियो । लामो समयको प्रयास पछि औद्योगिक क्षेत्र घोषण हुन सफल भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र ५ सय ४९ विग्राह रहेको छ ।
औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँगै जिल्ला बासीहरुले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन् । जसले गर्दा रोजगारका लागि विदेशीने युवाहरुको संख्या समेत कमी आउने आशा जिल्लाबासीले गरेका छन् । उद्योग स्थापना भएपछि जिल्लाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
अहिले घोषणा गरिएको औद्योगिक क्षेत्र कुनै विवाद नभएको संघका निवर्तमान अध्यक्ष भुसालले बताए । औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनितीक दल, सरकारी निकाय, व्यवासायी तथा सरोकारवालाहरु मिलेर अगाडि वढेको उनको भनाइ रहेको छ । घोराही उप–महानगरपालिकाले नगरसभाबाट नै उक्त क्षेत्रलाई यसअघि नै औद्योगिक क्षेत्र घोषणा गरेको थियो । संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्दै आएको थियो । सुरुमा करौती डाडाँमा ८६ विगाहामा औद्योगिक क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको संघका पूर्व अध्यक्ष हेमराज बन्जाडेले बताए । औद्यौगिक क्षेत्रका जग्गा कम हुने भए पछि उक्त क्षेत्र घोराही उप–महानगरपालिका लागि ल्यान्डफिल्ड साइडको रुपमा प्रयोग गर्न दिएर जग्गा खोजी भएको उनको भनाइ छ ।

औद्योगिक क्षेत्र घोषणाको स्वागत
दाङ जिल्ला उद्योग वाणिज्य संघले सरकारले दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ मा औद्योगिक क्षेत्र घोषणा गरेकोमा स्वागत गरेको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणको स्वागत गर्दै यस कार्यमा सहयोग गर्न सम्पूर्णमा धन्यावाद दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले औद्योगिक क्षेत्र घोषणा गरेकोमा सरकारलाई धन्यावाद दिए ।

प्रतिक्रिया दिनुहोस्