Logo

बागबानी केन्द्र फाप्लुले ६ महिनामै करिब १३ लाख राजस्व संकलन

सोलुखुम्बु-सोलुखुम्बु–बागबानी केन्द्र फाप्लुले ६ महिनामै करिब १३ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ । चालू आर्थिक वर्षको साउनयता पुस मसान्तसम्म बागबानी केन्द्रले १२ लाख ९२ हजार १३५ रुपैयाँ राजस्व संकलन गरेको हो । पहिलो चौमासिकमा ४ लाख ४६ हजार २२५ रुपैयाँ राजस्व संकलन गरेको बागबानी केन्द्रले मंसिर महिनामा १ लाख ४३ हजार १५० र पुस महिनामा ७ लाख २ हजार ७ सय ७० रुपैयाँ गरी १२ लाख ९२ हजार १३५ राजस्वक संकलन गरिएको निमित्ति बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए । गत आर्थिक वर्षमा ११ लाख ६१ हजार ७३० रुपैयाँ राजस्व संकलन गरेको बागबानिले यो वर्ष किविको फल तथा बिरुवा, स्याउ फल तथा बिरुवा, साग सब्जी बिक्रीबाट राजस्व संकलन गरेको हो ।
बागबानी केन्द्र फाप्लुमा ९ सय किबीको विरुवा बिक्री हुन सकेन
सोलुखुम्बु –बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब ९ सय स्याउको बिरुवा बिक्री हुन सकेको छैन विगतका वर्षहरूमा किसानको माग धान्नै नसक्ने अवस्था रहेको भए पनि यो वर्ष स्याउको करिब ९ सय बिरुवा बिक्री हुन नसकेको हो । रामेछापको उमाकुण्ड गाउँपालिकाले स्याउको बिरुवा माग गरेको भए पनि लिन नआएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्