सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता «

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ साथै शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजनाअन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरू दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङको आफूलाई पाएक पर्नै नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्नेछन् ।
ग्राहकहरूलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुराउने दुवै कम्पनीको दाबी छ । यसबाटै आउने दिनहरूमा अन्य बिमाकम्पनीहरूसँग पनि सहकार्य गर्दै धेरैभन्दा धेरै ग्राहकहरूलाई सेवा दिने सिप्रदीको योजना रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्