सूर्योदय लघुवित्त पुँजी वृद्धि गर्दै

स्याङ्जा र आसपास जिल्लाका व्यवसायीले ४ वर्ष अघि संचालनमा ल्याएको सूर्योदय लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । हाल कायम रहेको पुँजीको १० बराबर ७ का दरले र १९ प्रतिशत हकप्रद बोनस सेयर थपे गरी पुँजी वृद्धि गर्न लागेको हो । अधिकृत पुँजी ८ करोड रहेको संस्थाको जारी पुँजी ४ करोड र चुक्ता पुँजी पनि ४ करोड नै रहेको अवस्थामा चुक्ता पुँजी ७ करोड ७६ लाख पुर्याउन पुँजी वृद्धि गर्न लागेको हो । चुक्ता पुँजी ४ करोड मध्ये संस्थापकको २ करोड ८० लाख र सर्वसाधारणको १ करोड २० लाखको १० बराबर ७ का दरले पुँजी थरेपर चुक्ता पुँजी वृद्धि गर्ने भएको छ ।
संस्थापकको २ करोड ८० लाखमा ७० प्रतिशत हकप्रद सेयर १ करोड ९४ लाख र सर्वसाधारण तर्फको १ करोड २० लाखमा ८४ लाख हकप्रद सेयर सहित प्रश्तावित १९ प्रतिशत बोनश सेयरबाट प्राप्त हुने ७६ लाख थपेर संस्थाले ७ करोड ७६ लाख चुक्ता पुँजी पु¥याउन ५ औं वार्षिक साधारणसभाले प्रश्ताव पारित गरिएको संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७४-०७५ को पहिलो ६ महिनामा २ अर्ब ८१ करोड ५० लाख ३ हजार ५ सय ४० रुपैया“ कर्जा प्रबाह गरेको सूर्योदयले सोही अबधिमा २ अर्ब १२ करोड ८५ लाख १७ हजार ३ सय ९६ रुपैया“ असुल गरि १ करोड १० लाख २९ हजार ९ सय ८ रुपैया“ मुनाफा आर्जन गर्न सफल भएको छ । ३२ करोड १५ लाख ४ हजार ४ सय ९ रुपैया“ सदस्य मार्फत वचत गर्न सफल भएको संस्थाले कुल प्रवाह भएको कर्जा मध्ये ६८ करोड ६४ लाख ८६ हजार १ य ४६ रुपैया“ असुल गर्न बा“की रहेको सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले बताए ।
२०७३ असार मसान्त सम्ममा १ करोड ४९ लाख ६९ हजार ५ सय ५० रुपैया“ मुनाफा आर्जन गरेको संस्थाले आर्थिक वर्ष २०७३-०७४ को अन्त्यमा २ करोड ३९ लाख ७६ हजार ७ सय २० रुपैया“ मुनाफा आर्जन गर्न सफल भएको थियो । २०७३ को कात्तिक मसान्तसम्म १ करोड ६३ लाख ५७ हजार ३ सय १७ रुपैया“ मुनाफा गर्न सफल संस्था २०७४ कात्तिक मसान्तमा भने ९० लाख ३७ हजार ३ सय १७ रुपैया“ मात्रै मुनाफा आर्जन गरेको छ । पंगेनीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले २ करोड ८४ लाख १ हजार ३ सय ४९ रुपैया“ मुनाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।
१५ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ३५ शाखा मार्फत २४ हजार ९ सय ७७ सदस्यलाई लगानी गर्दै अएको छ । “एक घर, एक सदस्य” नारा लिएर लघुवित्तको कारोबार गर्दै आएको संस्थाले ग्राहक संख्या, असुल गर्न बा“की लगानी र भारी मात्रामा कुल नाफा वृद्धि लक्ष्य लिएको छ ।