Logo

भारतीय दूतावासमा स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए ।
दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान ग-यो ।
सोहि दिन राजदूतले इन्डिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्